नयाँ साधारणसभा सदस्यता तथा नविकरण सम्बन्धि सुचना 2081
यस समाचारको बारेमा
मिति : २०८१।०६।०६
विषय :- नयाँ साधारणसभा सदस्यता तथा नविकरण सम्बन्धि सुचना ।
प्रस्तुत विषय सम्बन्धमा यस लटीनाथ क्याम्पस मामा दार्चुलाको मिति २०८१।०६।०५ गते बसेको क्याम्पस संचालक समितिको बैठकले मिति २०६१।०८।३० गते साधारण सभा बस्ने र सो का लागि तपशीलका सदस्यताहरुको तोकिएको शुल्क तिरी मिति २०८१०७ ३० गते भित्र क्याम्पस संग सरोकार राख्ने सरोकारवालाहरुले सदस्यता लिई सक्नु पर्ने तथा म्याद नाघिआएका साधारण सदस्यहरुले रु.३००/- नविकरण शुल्क तिरि सदस्यता नविकरण गरिसक्नुपर्ने भन्ने निर्णय गरेकाले सम्बन्धित सबैको जानकारिका लागि यो सुचना प्रकाशित गरिएको छ ।
तपशील
१. साधारण सदस्यता शुल्क : रु ४,०००/- २. आजिवन सदस्यता शुल्क :- रु २०,०००/- ३. साधारण सदस्यता नविकरण शुल्क :- रु.३००/-